आज:  | Thu, 30, Mar, 2023

नक्सा पास गर्ने अधिकार संविधान नै संशोधन गरेर सर्वोच्च अदालत दिने व्यवस्था गनै बालेन शाहको अपील

२०७९, २५ श्रावण बुधबार २२:२६ मा प्रकाशित ( ७ महिना अघि) ५३०२ पाठक संख्या

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह हिजो थापाथलीस्थित नर्भिक अस्पतालले ओगटेको संरचना हटाउन आफैं पुगेर सूचना टाँस गरेका थिए । तरआज सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक संजालमा असन्तुष्टि व्यक्त गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले समाजिक सञ्जालमा त्यसको प्रतिपाद गर्दै ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ। भन्दै आक्रोश पोखेका छन् ।

खबर एक्सप्रेस