काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने अनुमति दिइने बताएका छन् ।
सामुदायिक वन दिवस, २०७९ का अवसरमा वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा भूसंरक्षण विभागले आयोजना गरेको राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा वन संरक्षण, सम्वर्धन, प्रवर्द्धन र दिगो विकास र समूह सशक्तिकरण गरी उत्कृष्ट कार्य गर्ने विभीन्न व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै सम्मान पत्रले सम्मान गरेका छन् । सामुदायिक वन तथा समुदायमा आधारित वनमा लागेर वन, जङ्गल तथा वन्यजन्तु संरक्षणका लागि उत्कृष्ट काम गरेर सम्मानित हुनभएका सम्पूर्ण अभियन्ता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र अन्य माध्यमबाट सहयोग गरेकोमा सबैलाई धन्यबाद दिएका थिए ।
उनले भने माफियाहरुबाट वन, जङ्गल र वन्यजन्तुलाई जोगाउनेदेखि वन मार्फत उद्यम सृजना गरेर हजारौँका लागि रोजगारको अवसर सृजना गर्ने यहाँहरु प्रयास आज राष्ट्रमा मात्र नभएर अन्तराष्ट्रियस्तर समेतमा एउटा उदाहरण बन्न पुगेको छ । सामुदायिक वनका अभियन्ताहरुले वन नियमावली र निर्देशनालय बारे उठाएका जायज मागहरुलाई छलफल गरी समाधान गर्ने आश्वासन समेत दिएका थिए ।