आज:  | Sun, 24, Mar, 2024

कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु

२०७९, २६ श्रावण बिहीबार २२:०७ मा प्रकाशित ( १ साल अघि) ७१०० पाठक संख्या

काठमाडौं, साउन २६ गते । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना महामारीबाट ११ हजार ९८२ जनाले सङ्क्रमणका कारण मृत्यु भैसकेको छ ।
पछिल्लो २४ घण्टामा थप ८१५ जना नयाँ सङ्क्रमित थपिएका छन् । दुई हजार ४११ पीसीआर परीक्षण गर्दा ४६५ र दुई हजार १२३ एन्टिजेन परीक्षण गर्दा ३५० जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । ४७६ जना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

खबर एक्सप्रेस