काठमाडौ । नेपालमा एक वर्षमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८र७९ को अवधिमा ३ अर्ब ७१ करोड १५ लाख १६ हजार रुपैयाँको विदेशी मदिरा नेपाल भित्रिएको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने २ अर्ब ६५ करोड ७ लाख ११ हजार रुपैयाँको विदेशी मदिरा नेपाल भित्रिएको थियो ।
गत आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ३७ करोड ५६ लाख ७ हजार रुपैयाँको व्ह्स्किी, ३८ करोड १ लाख ९९ हजार रुपैयाँको वाइन, १ करोड २५ लाख ९० हजार रुपैयाँको जिन र १ करोड २८ लाख ८६ हजार रुपैयाँको भोड्का नेपालले आयात गरेको छ ।
विदेशी मदिराहरु बेल्जियम, चीन, जर्मनी, भारत, आयरल्याण्ड, सर्विया, सिंगापुर, अष्ट्रेलिया, चिली, इटाली, जापान, दक्षिण अफ्रिका, स्पेन, अमेरिका, अर्जेन्टिना, फ्रान्स, भियतनाम, आयरल्याण्ड, पोर्चुगल, न्युजल्याण्ड, साउदी अरेबिया, बेलायत, ब्राजिल, नेदरल्याण्ड्स, स्वीडेन, मेक्सिको, पोल्याण्ड लगायतका देशबाट नेपालमा भित्रिने गरेको छ ।