आज:  | Fri, 29, Mar, 2024

आगामी तीन दिन मौसमी बिबरण यस्तो

२०७९, २७ श्रावण शुक्रबार १३:१३ मा प्रकाशित ( १ साल अघि) ५२४० पाठक संख्या

काठमाडौं । आज मुलुकका विभिन्न भेगमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनेछ । दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पहाडी भूभागमा वर्षाको आकलन गरिएको छ ।
शनिबार प्रदेश १ र बागमतीका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबार राति गण्डकीका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका एक९दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास छ भने पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

खबर एक्सप्रेस