आज:  | Fri, 29, Mar, 2024

अल्लुले १० करोडको रक्सिको बिज्ञापन अफर अस्विकार

२०७९, २७ श्रावण शुक्रबार १३:४१ मा प्रकाशित ( १ साल अघि) ६०७७ पाठक संख्या

साउथ सिनेमा क्षेत्रका स्टार अभिनेता अल्लु अर्जुनले एउटा रक्सी कम्पनीको विज्ञापन गर्न अस्वीकार गरेका छन् । साउथ इन्डष्ट्रिका ट्रेड एनालिस्ट मनोबाला विजयबालनका अनुसार अल्लुलाई रक्सी कम्पनीले १० करोड भारुको अफर गरेको थियो । तर अल्लुले सो अफर अस्विकार गरे मनोबालाले अल्लुलाई सिद्धान्तलाई पालना गरेकोमा बधाई समेत दिएका छन् । साउथका निकै नाम चलेका कलाकारले कुनै पनि ब्रान्डलाई एन्डोर्स गर्नका लागि ७.५ करोड भारु लिने गर्छन् । यसअघि पनि अल्लुले सुर्ती कम्पनीको विज्ञापनको अफर अस्वीकार गरेका थिए ।

खबर एक्सप्रेस