आज:  | Thu, 18, Apr, 2024

७८१ जनामा संक्रमण पुष्टि

२०७९, २७ श्रावण शुक्रबार २२:४३ मा प्रकाशित ( १ साल अघि) ५४२६ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण पुष्टि भएको हो । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितहरुको संख्या ५ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणकै कारण गत २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको छ।

खबर एक्सप्रेस