आज:  | Wed, 24, Apr, 2024

फिल्म पिप्पाको ट्रेलर र प्रदर्शन मिति सार्वजनिक

२०७९, ३० श्रावण सोमबार २१:३५ मा प्रकाशित ( १ साल अघि) ८१२३ पाठक संख्या

काठमाडौं, साउन ३० गते । फिल्म पिप्पाको ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । राजाकृष्ण मेननले निर्देशन गरेका छन् । र सिद्धार्थ रोय कपुर तथा रोनी स्क्रेवाला निर्मित फिल्म मंसिर १६ गते रिलिज हुने भएको हो । अक्षयकुमार अभिनित ‘एयरलिफ्ट’ निर्देशक मेननको यो अर्को बहुप्रतीक्षित फिल्म हो । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानसँग युद्ध घोषणा गरेको सन्दर्भ टिजरमा देखाइएको छ । ओस्कार विजेता एआर रहमानको संगीत रहेको फिल्ममा इशान खतार, मृणाल ठाकुर र प्रियांशु पैंयालु मुख्य भूमिका मा देख्न सकिन्छ । फिल्म भारतीय सेनाका बिग्रेडियर बलराम मेहताद्वारा लिखित पुस्तक ‘द बर्निङ चफिज’मा आधारित रहेको छ ।

खबर एक्सप्रेस