आज:  | Thu, 30, Mar, 2023

८४८ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९, ३१ श्रावण मंगलवार २०:५८ मा प्रकाशित ( ७ महिना अघि) ४८३७ पाठक संख्या

काठमाडौं, साउन ३१ गते । पछिल्लो २४ घण्टामा ८४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ५२६ जना सङ्क्रमण मुक्त भएका छन् । पाँच हजार ६१९ कोरोना परीक्षण गर्दा ८४८ जनामा सङ्क्रमण पुष्टि भएको हो । दुई हजार ७२२ पीसीआर परीक्षण गर्दा ३९९ र दुई हजार ८९७ एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९९० पुगेको छ । पछिल्लो २४ घण्टामा ९० हजार ४४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस