आज:  | Mon, 15, Apr, 2024

चलचित्र प्रेमगीत ३ चीनमा पनि प्रदर्शन हुने

२०७९, १ भाद्र बुधबार २१:१७ मा प्रकाशित ( १ साल अघि) ९६७३ पाठक संख्या

काठमाडौं, भदौ १ गते । चलचित्र प्रेमगीत ३ चीनमा पनि प्रदर्शन हुने भएको छ । हिन्दी भाषामा भारतमा पनि प्रसारण हुने यस फिल्म अब चिनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएको हो । फिल्म चीनमा प्रदर्शन गर्नका लागि मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेकोसमेत निर्माण पक्षले जनाएको छ ।
यूएफओले नै चलचित्र चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्ने बताइएको छ । चलचित्रमा प्रदीपसँगै कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नुभएको फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज हुने तयारीमा रहेको छ ।

खबर एक्सप्रेस