काठमाडौं । सेयर बजारमा सामान्य ओरालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार २४.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६ अंकको सामान्य ओरालो लाग्दै २०४०.७० विन्दुमा पुगेको छ । बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयरको मूल्य घटेको छ । यसैगरी ६९ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको सेयर भने स्थिर अवस्थामा रहेको छ ।