आज:  | Thu, 30, Mar, 2023

५४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९, २ भाद्र बिहीबार २२:४५ मा प्रकाशित ( ७ महिना अघि) ४०९३ पाठक संख्या

काठमाडौं, भदौ २ गते । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार ९३० जनाको कोरोना परीक्षण गर्दा ५४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । दुई हजार ८२ पीसीआर परीक्षण गर्दा २२४ र दुई हजार ८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ४२१ जना सङ्क्रमणमुक्त भएका छन् भने कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । त्यस्तै, पछिल्लो २४ घण्टामा ९७ हजार ६५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २६५ पुगेको छ ।

 

खबर एक्सप्रेस