आज:  | Mon, 25, Sep, 2023

‘प्रेमगीत ३’को दोश्रो टिजर सार्वजनिक

२०७९, ३ भाद्र शुक्रबार १२:२६ मा प्रकाशित ( १ साल अघि) १११९२ पाठक संख्या

काठमाडौं । ‘प्रेमगीत ३’को दोश्रो टिजर आज सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषामा एकै पटक ‘प्रेमगीत ३’को दोश्रो टिजर सार्वजनिक भएको हो । नेपाली भाषाको टिजर ओएसआर डिजिटलमा र हिन्दीको टिजर जी म्यूजिक कम्पनीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यो फिल्म आगामी २३ सेप्टेम्बर, असोज ७ गते नेपाल र भारत सहित विश्वभर एकैदिन प्रदर्शन हुने भएको छ ।

स्वर्गीय छेतन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा, माओत्से गुरुङ, सन्तोष सेन, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ । यो फिल्मबाट क्रिस्टिना गुरुङले भने नायिकाको रुपमा डेब्यू गर्दैछिन् ।

फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्मको छायाँकन राजेश श्रेष्ठ र पुरुषोतम प्रधान सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका छन । फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् । चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् । कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता हुन ।

खबर एक्सप्रेस