आज:  | Fri, 24, Mar, 2023

बाग्मतीको थापाथलीदेखी सुन्दरीघाटसम्म राफ्टिड.

२०७९, ३ भाद्र शुक्रबार १०:३७ मा प्रकाशित ( ७ महिना अघि) ५७६७ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता तथा धार्मिक महत्व बोकेको बाग्मती नदी स्वच्छ र सुन्दर हुने भएको छ । उपत्यका बाग्मती नदी र यसका सहायक नदीहरुमा सहरका ढल सोझै मिसाइंदा नदी दुसित हुँदै आएको छ । यसको लागी २०७० साल जेठ ५ गतेदेखी नागरिक अभियान बाग्मती सफाई महाअभियान संचालनमा आएको छ । यो अभियानले भोली शनीबार ४८४औं हप्ताको अभियान सम्पन्न गर्दैछ । थापाथलीको पुलदेखी सुन्दरीघाटसम्म बाग्मती नदीमा राफ्टिड. कार्यक्रम आयोजना हुने यसका अभियन्ता मेघ आले जनाएका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित एक पत्रकार सम्मेलनमा सोको जानकारी दिईएको थियो । बाग्मतीमा महा जलजात्रामा काठमाडौंका मेयर लगाएतको उपस्थिती हुने छ । बाग्मती सफाईसँगै कार्यक्रम थापाथलीको पुलदेखी सुन्दरीघाटसम्म बाग्मती नदीमा राफ्टिड. गरिने छ ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ। जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान नरोकिएको अभियन्ता खरेलले जनाई्न । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदा स्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा दई दर्जन बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । यसैगरी काठमाडौँ उपत्यकाबाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानीबाहिर सय भन्दा बढी स्थानमा सफाइ भइरहेकोे छ । सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ ।

खबर एक्सप्रेस