आज:  | Sat, 20, Apr, 2024

दैलेखमा जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन

२०७९, ३ भाद्र शुक्रबार १०:५६ मा प्रकाशित ( १ साल अघि) ९०८४ पाठक संख्या

दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालनमा ल्याएको छ। जनताका गुनासा सुन्न र सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालनमा ल्याइएको हो।
पालिकामा निर्वाचित जनप्रतिनिधिहरूले कार्यक्रमको सुरुवात गरेका हुन्। हालै सम्पन्न निर्वाचनबाट गाउँपालिकाको अध्यक्षमा सुन्दरकुमार केसी र उपाध्यक्ष कलावती न्यौपानेले निर्वाचित भएका थिए।

चालु आर्थिक वर्ष सुरु भएको महिना दिन नबित्दै गाउँपालिकाले उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। गाउँपालिकामा ६ वटा वडा छन्। हरेक वडामा वार्षिक दुई पटक कार्यक्रम सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र खड्काले बताएका छन् । हरेक महिना एउटा वडामा कार्यक्रम हुने बताईएको छ ।

खबर एक्सप्रेस