काठमाडौं । ए मेरो हजुर सिक्वल बनाउदै आएकी निर्देशक तथा अभिनेत्री झरना थापाको निर्देशनमा भने अब फिल्म ‘भगवत् गीता’ बन्ने पक्का भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार युट्युवबाट फिल्मबारे जानकारी दिइएको हो । फिल्म घोषणा भिडियोमा अभिनेत्री सुहाना थापा फिचर्ड छिन् । जनकपुरको जानकी मन्दिरमा खिचिएको दृश्यमा सुहाना रामजानकी भक्तको रुपमा प्रस्तुत छिन् ।२०८० सालको बैशाख १ गते (सन् २०२३ को अप्रिल १४) मा रिलिज घोषणा समेत गरिएको छ । सुहाना थापाकै होमप्रोडक्सन सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको सह(निर्माता र अमेरिका वितरकको रुपमा अमृत राई, जंग राई र खेम गुरुङ छन् ।
जन्माष्टमीको अवसरमा फिल्मको औपचारिक घोषणा गरिएको हो ।