आज:  | Tue, 23, Apr, 2024

अभियन्ता माथी प्रहरीले हस्तक्षेप भएपछि प्रहरी भ्यानमा फोहर फालियो

२०७९, ३ भाद्र शुक्रबार १२:२५ मा प्रकाशित ( १ साल अघि) ९३०१ पाठक संख्या

आज अभियन्ताहरुले शान्तिपूर्ण रुपले रत्नपार्क देखि सरसफाई गर्दै सिंहदरबार मुलगेटमा पुगेर कार्यक्रम समापन गरेका छन् । समापन गर्ने क्रममा प्रहरीले हस्तक्षेप भएको अभियन्ता रंजिता श्रेष्ठले बताईन् । प्रहरी हस्तक्षेप भएपछि अभियन्ताहरुले सबै फोहोर प्रहरीकै भ्यानमा राखेर कार्यक्रमको समापन गरेका थिए । अहिले काठमाडौंमा फोहरका कारण नागरिक सास्ति पाएको र सरकार मुखदर्शक भएको भन्दै अभियन्ताहरु आक्रोशित भएका छन् । कहिलेसम्म जनता फोहोरको थुप्रोमा बस्नु पर्ने हो भन्दै फोहोरलाई समय मै ब्यवस्थापन गर्ने तर्फ सरकारको ध्यान दिनका लागी यो अभियान गरिएको अभियन्ताले बताएका छन् । यो सरकारलाई एउटा चुनौती हो अभियन्ता श्रेष्ठले बताईनु । सरकारले यसलाई गम्भिर भएर लिन चेतावनी समेत दिईन् । अब पनि नागरिक चुप लागेर नबस्ने भन्दै राज्यले यसलाई गम्भीर भएर लिनुपर्ने बताईन् । कार्यक्रमको आयोजना उपत्यका सरसफाइ अभियानले गरेको थियो ।

खबर एक्सप्रेस