आज:  | Thu, 18, Apr, 2024

केही अवरोध नभए काठमाडौंको फोहर दश दिनमा व्यवस्थापन हुने

२०७९, ३ भाद्र शुक्रबार २१:३५ मा प्रकाशित ( १ साल अघि) ५८९१ पाठक संख्या

बिगत दुई महिनादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन ।
सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएको छ । साविक बमोजिम फोहर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा सबै फोहर व्यवस्थापन हुने बताईएको छ

खबर एक्सप्रेस