आज:  | Sun, 26, Mar, 2023

कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

२०७९, ४ भाद्र शनिबार २१:१० मा प्रकाशित ( ७ महिना अघि) ३५९७ पाठक संख्या

काठमाडौं, भदौ ४ गते । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । एक हजार ६७० पीसीआर परीक्षण गर्दा १८० र दुई हजार ६६७ एन्टिजेन परीक्षण गर्दा १९९ जनामा कोरोना सङ्क्रमण भएसँगै कुल चार हजार ३३७ कोरोना परीक्षण गर्दा २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५७७ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल मुलुकमा चार हजार ६२५ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १८ हजार ६७० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस