आज:  | Thu, 30, Mar, 2023

बाग्मतीमा रौनक किन गरियो र्‍याफ्टिङ

२०७९, ४ भाद्र शनिबार २१:५३ मा प्रकाशित ( ७ महिना अघि) ४७१३ पाठक संख्या

आज बाग्मती नदीमा फरक किसिमको रौनक थियो । यो रौनक भने आज बाग्मतीमा जलजात्राको रुपमा र्‍याफ्टिङ गरिएको छ । नदी सफाइबारे जनचेतना जगाउने लक्ष्य सहित नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेको थियो ।
बागमती नदीको पुरानै प्राकृतिक सुन्दरता फर्काउने उद्देश्य राखेर शनिबार बिहान १२ वटा र्‍याफ्टिङ र दुईवटा कायक (एक जनामात्रै रहने ढुंगा) सहितको साढे ५ किलोमिटर जलयात्रा सम्पन्न भएको हो । शहरी विकास मन्त्री मेटमणि चौधरी, ,काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, वातारण बिध, अभियन्ता समाजसेवी लगायत विशिष्ट व्यक्तिको सहभागीता रहेको थियो । सामाजिक सभ्यता र धार्मिक पक्षसँग जोडिएको बागमती नदीमा प्रदूषण गर्ने क्रम वृद्धि भएसँगै नाराले सन् २००१ देखि हरेक वर्ष मनसुनी याममा जलयात्रा महोत्सव गर्दै आएको छ । हरेक वर्ष नेपालका पुर्व मेचीदेखि महाकाली सम्मका नदि संरक्षण गर्ने उद्देश्य सहित विगत १६ वर्ष देखि लागी रहेको नेपाल नदि संरक्षण संस्थाको अगुवाइमा वाग्मती सफाइ महाअभियानको ४८४औं हप्ताको अभियान थापाथली कुपोन्डोल स्थित वाग्मती नदिको किनारमा जल यात्रा एव सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अधिकार सम्पन्न वाग्मती समितीका अध्यक्ष उद्दब तिमिल्सिनि,अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख दिलिप भण्डारी, अभिनेत्री पबित्रा आचार्य, वडा न ११ अध्यन हिरालाल तन्दुकार वडा न ९ का सदस्य टेक राज अधिकारी, नेपाल नदि संरक्षण समितीका अध्यक्ष मेघ आले लगाएतको सहभागीता रहेको थियो ।

वाग्मती अभियन्ताहरु, स्थानीय बासीहरु एवं सनातन धर्मका गुरु, बौद्ध धर्म गुरु, शिख धर्म गुरु, इसाई धर्मका गुरु, इस्लाम धर्म गुरुहरुद्वारा नेपालका बिभिन्न २२ वटा नदीको जल ल्याएर बाग्मतीमा सेलाउने कार्य सम्पन्न भएको थियो । नेपालको कर्णाली तिला,हुम्ला,मुगु,महाकाली,भेरी,गण्डकी, मस्यादी,मादी,मार्दी,त्रिशुली,आँधीखोला,दरौदी,भोटेकोशी,सुनकोशी, इन्दावती, माकोसी,दुधकोशी,चमोर, अरुण,राप्ती, कालिगण्डकी, बुढीगण्डकी साथै अमेरिकाको हडसन रिभर (कर्णालीको भगेनी नदि) अमेरिकाको पोटोंम्याक रिभर (वाग्मतीको भगेनी नदि) बाट ल्याइएको नदिका पानीलाई आआफ्नो धर्म शास्त्र अनुसार पवित्र मन्त्र द्वारा वाचन गरि वाग्मती नदिमा मन्त्री र धार्मिक विधि अनुसार जल सेलाउने कार्यमा शहरी विकास मन्त्री मेटमणि चौधरी र काठमाडौं महानगरपालिका मेयर बालेन शाहले गरेका थिए ।

 

 

 

 

 

खबर एक्सप्रेस