आज:  | Tue, 20, Feb, 2024

कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीको निधन

२०७९, ५ भाद्र आईतवार ०९:१० मा प्रकाशित ( १ साल अघि) ७०३८ पाठक संख्या

ललितपुर, भदौ ४ गते। नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममा हिजो राती ७५ वर्षको उमेरमा निधन भएको छ। उनको जन्म सन् १९४७ नोभेम्बर १ मा भएको थियो।
ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत उनलाई शुक्रबार भेन्टिलेटरमा सारिएको थियो। अस्पतालमा साउन ८ गते भर्ना हुनुभएको थियो। नेपाली कांग्रेस संसदीय दलले शनिबार राति उनको निधन भएको पुष्टि गरेको थियो ।
यसै बिच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनमा दुस्ख व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका हुन् ।
नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ ।

खबर एक्सप्रेस