काठमाडौं, भदौ ५ गते। पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन्। एक हजार ८१६ जनाको पीसीआर परीक्षण गर्दा २०२ र एक हजार ६०७ एन्टिजेन परीक्षण गर्दा ८४ जनामा सहित कुल तीन हजार ४२३ कोरोना परीक्षण गर्दा २८६ जनामा सङ्क्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ४७९ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल मुलुकमा चार हजार ३४८ जना सक्रिय सङ्क्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा चार हजार ३८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।