आज:  | Thu, 30, Mar, 2023

कोरोना संक्रमणमा एक जनाको मृत्‍यु

२०७९, ७ भाद्र मंगलवार २२:२३ मा प्रकाशित ( ७ महिना अघि) ३८७६ पाठक संख्या

७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । ४ हजार ९४९ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको छ । सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् । ५ हजार ४४ जना होम आइसोलेसनमा रहेका छन् । भने १७७ जना संस्थागत आइसोलेसन र ५२ जना आईसीयूमा छन् । यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४५ हजार ५७४ पुगेको छ ।

खबर एक्सप्रेस