आज:  | Thu, 30, Mar, 2023

कोरोनाबाट तीन जनाको मृत्यु

२०७९, ९ भाद्र बिहीबार २२:१७ मा प्रकाशित ( ७ महिना अघि) ३५९७ पाठक संख्या

काठमाडौं, भदौ ९ गते । पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । कुल चार हजार ९५४ जनाको कोरोना परीक्षण गर्दा ४४४ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ९९६ पीसीआर परीक्षण गर्दा २११ र दुई हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३०७ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल मुलुकमा चार हजार १९९ जना सक्रिय सङ्क्रमित छन् ।

खबर एक्सप्रेस