आज:  | Fri, 24, Mar, 2023

जनकपुर गुठीका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा

२०७९, ९ भाद्र बिहीबार २२:३२ मा प्रकाशित ( ७ महिना अघि) ७४७२ पाठक संख्या

काठमाडौं, भदौ ९ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटीसहित चार जनाविरुद्ध २९ करोड ८० लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तत्कालीन कार्यालय प्रमुख बास्ताकोटीसहित चार जनाविरुद्ध २९ करोड ८० लाख ८१ हजार ४३७ रुपियाँ बिगो कायम गर्दै विशेष अदालत, काठमाडौंमा बिहीबार मुद्दा दायर भएको हो।

खबर एक्सप्रेस