शुक्रबार रिलिज भएको फिल्म प्रकाशले शनिवार उत्साहजनक व्यवसाय गरेको छ । माउथ पब्लिसिटीमा अब्बल साबित भएको यो चलचित्रका शनिबार राजधानीका अधिकांश मल्टीप्लेक्स शोहरु भरिभराउ देखिएका छन् । उपत्यका बाहिर पनि ८० प्रतिशत अकुपेन्सी आँकलन गरिएको छ ।
मल्टिप्लेक्सहरुले शुक्रबार भन्दा शनिवारको व्यापार धेरै रहेको कारण आइतवारदेखि अझै दर्शक हलसम्म पुग्ने बिश्वास गरेका छन् । सुन्धाराको सिभिल मलमा रहेको क्यूएफएक्सका म्यानेजर शंकर नेपालले ‘कबड्डी ४’ पछि ‘प्रकाश’मा यतिका दर्शक आएको बताएका छन् । चलचित्र हेरेका दर्शकले दिएको प्रतिक्रिया सकारात्मक रहेको उनले बताए । कर्णालिको परिवेशमा एक युवाको शिक्षक बन्ने सपना र संघर्षको कथा भनेको चलचित्रलाई विदेशमा चलचित्र हेरेका दर्शकहरुले समेत रुचाएका छन् ।