आज:  | Thu, 30, Mar, 2023

२०२ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९, १२ भाद्र आईतवार २१:५६ मा प्रकाशित ( ७ महिना अघि) ३६२८ पाठक संख्या

काठमाडौं भदौ १२ गते ।

पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीन हजार ८३३ जनाको कोरोना परीक्षण गर्दा २०२ जनामा सङ्क्रमण पुष्टि भएको हो। दुई हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ र एक हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना सङ्क्रमण छ। पछिल्लो २४ घण्टामा ४६२ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा एक जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ५१ हजार २३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

खबर एक्सप्रेस