आज:  | Tue, 16, Apr, 2024

चिरञ्जीवी र सलमान खान स्टारर फिल्म गडफादर नेपालमा छायांकन गर्ने तयारी

२०७९, १३ भाद्र सोमबार २३:२० मा प्रकाशित ( १ साल अघि) ८७७४ पाठक संख्या

ठमाडौं । चिरञ्जीवी र सलमान खान स्टारर प्रतीक्षित तेलुगू फिल्म गडफादरलाई नेपालमा समेत छायांकन गर्ने तयारी भएको छ ।
नेपालमा छायांकन लोकेसन हेरेर कार्यकारी निर्माता उमाशंकर राजुसहितको टोली फर्किएको छ । जोमसोम विमानस्थल क्षेत्रमा लोकेसन हेरेर टोली फर्किएको जानकारी निर्माण नियन्त्रक सुरज आचार्यले दिए । मोहन राजा निर्देशित फिल्म अक्टोबर ५ मा विश्वव्यापी प्रदर्शनको तयारीमा छ भने टिजर पनि सार्वजनिक भइसकेको छ । आचार्य प्रमुख रहेको थ्री ह्विलर्सकै व्यवस्थापनमा यसअघि बलिउड फिल्म ‘उचाई’को छायांकन पनि नेपालमै भएको थियो ।

जोमसोम सडकमा पर्ने म्याग्दीको रुप्से झरनामा तस्वीर खिचाउँदै ‘गडफादर’का कार्यकारी निर्माता उमाशंकर राजु

खबर एक्सप्रेस