काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३९२१ जनामा परीक्षण गर्दा २३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै १४५८ नमुनाको पीसीआर परीक्षण गर्दा १४३ जनामा र २४६३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा २३२ जना संक्रमित निको भएका छन् । अब संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएन भने कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा १२ हजार जनाको मृत्यु भएको छ ।