आज:  | Thu, 28, Mar, 2024

फिल्मफेयर अवार्डमा रणवीर सिंह र उत्कृष्ट कृति सेनन उत्कृष्ट

२०७९, १६ भाद्र बिहीबार ११:५६ मा प्रकाशित ( १ साल अघि) ७३७९ पाठक संख्या

काठमाडौँ । बलिउडको लोकप्रिय फिल्मफेयर अवार्डको ६७औं श्रृखला घोषणा भएको छ । रणवीर फिल्म ‘८३’ बाट उत्कृष्ट अभिनेता र कृतिले ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गरेकी हुन् ।  फिल्मफेयर अवार्ड बलिउडको लोकप्रिय अवार्ड शो हो । यस पटक शो रणवीर सिंह र अर्जुन कपुरले होस्ट गरेका थिए । अवार्ड शोको क्रममा फिल्मफेयरले यस वर्ष निधन भएका बलिउड सेलिब्रेटीहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण समेत गरेको छ ।
कसले वितरण यसप्रकार छ ।
उत्कृष्ट अभिनेतामा रणवीर सिंह ( फिल्म ८३)
उत्कृष्ट अभिनेत्रीमा कृति सेनन ( फिल्म मिमि)
उत्कृष्ट अभिनेता किर्टिक्समा विक्की कौशल( फिल्म सर्दार उधम)
उत्कृष्ट अभिनेत्री किर्टिक्समा विद्या बालन( फिल्म शेरनी)
उत्कृष्ट फिल्ममा शेरशाह
उत्कृष्ट फिल्म किर्टिक्समा सरदार उधम
उत्कृष्ट निर्देशकमा विष्णुवर्धन( फिल्म शेरशाह
उत्कृष्ट अभिनेतामा (सपोर्टिग रोल) पंकज त्रिपाठी( फिल्म मिमि)
उत्कृष्ट अभिनेत्रीमा (सपोर्टिग रोल० साइ तम्जानकर( फिल्म मिमि)
त्यस्तै कौसर मुनीरलाई ‘८३’ को ‘लेहरा दो’ गीतका लागि सर्वोत्कृष्ट गीतको फिल्मफेयर अवार्ड दिइएको थियो । कुनै महिला गीतकारले फिल्मफेयर अवार्ड जितेको यो पहिलो पटक हो ।
त्यसैगरी शेरशाहको मन भर्या गीतका लागि बी प्राकले उत्कृष्ट पार्श्व गायकको अवार्ड जिते । शेरशाहको गीत रता लाम्बियाका लागि असीस कौरले उत्कृष्ट महिला पार्श्व गायिकाको अवार्ड जितेकी छन् ।
त्यसैगरी फिल्म ‘बन्टी और बबली २’ बाट उत्कृष्ट डेब्यु फिमेलको अवार्ड अभिनेत्री सर्भरी वाघले जितेकी छिन् । त्यसैगरी बेस्ट डेब्यु पुरुषको अवार्ड ‘९९ गीत’का लागि एहान भाटलाई प्रदान गरिएको थियो । यसबाहेक सर्वोत्कृष्ट डेब्यु निर्देशकको अवार्ड ‘रामप्रसाद की तेह्रवी’बाट सीमा पाहवाले हात पारिन् ।

खबर एक्सप्रेस