आज:  | Thu, 30, Mar, 2023

प्रेमगीत ३ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक

२०७९, १६ भाद्र बिहीबार १२:३५ मा प्रकाशित ( ७ महिना अघि) ७१३१ पाठक संख्या

प्रेमनगीत ३ हाल निकै चर्चामा रहेको नेपाली फिल्म हो । भारतमा समेत ठुलो स्केलमा रिलिजको तयारीमा रहेको फिल्म ‘प्रेम गीत ३’ को गीत हिन्दी ट्रेलर आज सार्वजनिक भएको छ । निर्माण टिमले हिन्दी भाषमा भारतको प्रतिष्ठित कम्पनी जी म्युजिकको यूट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो ।

स्वर्गीय छेतन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा, माओत्से गुरुङ, सन्तोष सेन, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ । यो फिल्मबाट क्रिस्टिना गुरुङले भने नायिकाको रुपमा डेब्यू गर्दैछिन् ।

फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्मको छायाँकन राजेश श्रेष्ठ र पुरुषोतम प्रधान सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका छन । फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् । चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् । कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता हुन ।

खबर एक्सप्रेस