आज:  | Fri, 24, Mar, 2023

निफ र क्वेस्टबीच भेन्यु सम्झौता

२०७९, १६ भाद्र बिहीबार १२:३८ मा प्रकाशित ( ६ महिना अघि) ५८६० पाठक संख्या

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) र क्यूएफएक्सको माउ कम्पनी टिम क्वेस्टबीच भेन्यु सम्झौता भएको छ । जसअनुसार निफमा छानिएका फिल्महरु क्यूएफएक्सका हलमा प्रदर्शन हुनेछन् । पाँच वर्षको लागि भएको यो सम्झौतामा निफ अध्यक्ष केपी पाठक र टिम क्वेस्टकी महाप्रबन्धक प्रशंसा पाण्डेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार क्यूएफएक्सका काठमाडौं उपत्यकाका हलमा निफका फिल्म देखाइनेछ ।

खबर एक्सप्रेस