आज:  | Fri, 24, Mar, 2023

निर्माता संघको नयाँ अध्यक्षमा नवल खड्का

२०७९, १६ भाद्र बिहीबार १३:३८ मा प्रकाशित ( ६ महिना अघि) ८४६४ पाठक संख्या

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको नयाँ अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । भने दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको छ । महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् ।
बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैको दाबी विरोध नपरेपछि उनीहरु निर्विरोध चुनिएका हुन् । उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध भए ।

खबर एक्सप्रेस