दैलेख । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्रीमा कुन्ती कुमारी शाही दैलेख क्षेत्र नं १ बाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि नाम सिफारिस गरिएको छ । राप्रपामा स्थापना कालदेखी पार्टीमा बिभिन्न तहमा रहेर आफ्नो सकृय राजनीति गरिरहेकी नेता कुन्ती शाहीले दुईपटक गरी राज्यमन्त्रीको भूमिका समेत निर्वाह गरिसकेकी छन् । दैलेख जस्तो बिकट क्षेत्रमा जन्मेर नेपालको राष्ट्रिय राजनितिमा अनवरत रुपमा लागीपरेकी शाही जिल्लाबासीका काम बिकास निर्माण लगाएत काममा निष्पक्ष काम गर्दै आएकी छन् । दैलेखमा यूवाहरुमाझ लोकप्रिय समेत छिन् । शाहीले आफ्नो कार्यकालमा बिकास निर्माणका कार्य समेत अगाडी बढाएकोले पनि यो पटक ठुलादललाई चुनौती दिने पक्का छ ।
पार्टीभन्दा माथी उठेर दैलेखी यूवाहरु अहिले बिभिन्न समुह बनाएर शाहीको समर्थनमा लागीरहेका छन् । भने आफ्नो उम्मेदवारी दैलेखी जनताका माझ प्रस्तु्त गर्न गृहजिल्ला पुगेर कार्यक्रम गरी ति यूवाहरुलाई पार्टीमा समेत प्रवेश गराउने कार्यक्रम तय भएको बुझिएको छ ।