आज:  | Thu, 18, Apr, 2024

१२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक

२०७९, १७ भाद्र शुक्रबार २३:०१ मा प्रकाशित ( १ साल अघि) ४५२७ पाठक संख्या

काठमाडौं, भदौ १७ गते । कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ । नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी सहभागी भएका थिए । त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको जानकारी दिए ।
परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्ने वा एसएमएस बाट एनइबी टाइप गरी १६०१ मा पठाउन सकिन्छ ।

खबर एक्सप्रेस