काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २८६९ जनामा परीक्षण गर्दा २०६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । १५९५ नमुनाको पीसीआर परीक्षण गर्दा १३४ जनामा र १२७४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमित निको भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा १२ हजार ५ जनाको मृत्यु भएको छ ।