आज:  | Fri, 29, Mar, 2024

कोरोना संङ्क्रमणबाट थप २ जनाको मृत्यु

२०७९, १८ भाद्र शनिबार १५:५५ मा प्रकाशित ( १ साल अघि) ५६४३ पाठक संख्या

नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोना संङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट १२ हजार ७ जनाको मृत्यु भैसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय जनामा सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिबाट थप ३३९ जना सङ्क्रमणमुक्त भएका छन् । भने सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ६४२ पुगेको छ । त्यस्तै, २ लाख ९७ हजार ११५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

 

खबर एक्सप्रेस