आज:  | Fri, 24, Mar, 2023

काठमाडौं महानगरपालिकाको ध्यान घरजग्गा र सम्पत्ति कर उठाउनेतिर

२०७९, १८ भाद्र शनिबार १६:०६ मा प्रकाशित ( ६ महिना अघि) ८६१९ पाठक संख्या

काठमाडौं महानगरपालिकाले अवैध रूपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेकै समयमा घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि अगाडी बढने तयारी गरेको छ। विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ। उनान्तीस वर्षको अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूला(ठूला व्यवसायी र सार्वजनिक संस्थान बढी रहेको पनि कामपाले जानकारी गराएको छ।
पहिलो चरणमा पत्राचार
यसका लागि कामपाले पहिलो चरणमा पत्राचार गर्ने तयारी गरेको छ। यो काम आगामी हप्ता गर्ने तयारीअनुरूप काम भइरहेको अधिकारीले बताए। पत्राचारका आधारमा सम्पर्कमा आएर पनि कर बुझाउन आनाकानी गरे दोस्रो पटक माइकिङ गरेर जानकारी दिने र त्यसको पनि बेवास्ता गरे महानगरबाट प्रवाह हुने सेवा रोक्ने र तालाबन्दी गर्ने तयारी कामपाको रहेको छ।

खबर एक्सप्रेस