आज:  | Sat, 13, Apr, 2024

९१ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९, ३ आश्विन सोमबार २१:४५ मा प्रकाशित ( १ साल अघि) ४८९९ पाठक संख्या

काठमाडौं, असोज ३ गते । कोरोना सङ्क्रमणदर घट्दै गइरहेको छ । पछिल्लो केही दिनदेखि एक सयभन्दा कममा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ९२४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टि भएको हो । जसमा दुई हजार ४८८ जनाको पीसीआर परीक्षणबाट ७५ र एक हजार ४३६ जनाको एन्टीजेन परीक्षणमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १६५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

 

खबर एक्सप्रेस