आज:  | Sat, 10, Dec, 2022

थप ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९, ६ आश्विन बिहीबार २२:५५ मा प्रकाशित ( २ महिना अघि) १८३० पाठक संख्या

काठमाडौं, असोज ६ गते । पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार २६२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार १९० पीसीआर परीक्षण गर्दा ५९ र दुई हजार ७२ एन्टीजेन परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा १३७ जना सङ्क्रमण मुक्त भएका छन् भने सो अवधिमा मृत्युदर शून्य रहेको छ। अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १४ सय पाँच रहेको छ ।

खबर एक्सप्रेस