आज:  | Mon, 15, Apr, 2024

मन्त्रीले गरे प्रेमगीत३ टिमलाई सम्मान

२०७९, १० आश्विन सोमबार २२:०० मा प्रकाशित ( १ साल अघि) ९६४२ पाठक संख्या

नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द प्रसाद शर्मा कोईरालाले एक कार्यक्रममा प्रेमगीत ३ टिमलाई सम्मान गरेका छन् । आज दैलेखी सेवा समाजले गरेको एक कार्यक्रममा मन्त्री कोईरालाले दोसल्ला सहित स्वागत गर्दै प्रेमगीत ३ चलचित्रले विश्व बजारमा आफ्नो बलियो उपस्थिती जनाएको भन्दै बधाई समेत दिएका थिए । सम्मानमा चलचित्रका अभिनेता मनिष राउत कलाकार प्रेम पुरी कमेढी च्याम्पियन हिमेश पंत र बालगायक सुप्रिम मल्ल ठकुरीलाई समेत मन्त्रीले सम्मान गरेका थिए । सोही कार्यक्रममा दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले कलाकार र फिल्मलाई सम्मान गर्न पाउदा आफूलाई निकै उत्साहि भएको बताए । कार्यक्रममा शशत्र प्रहरीका डिआईजी अपी खत्री नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्री पूर्व मन्त्रीहरु पूर्व सासंदहरु लगाएतले प्रेमगीत ३ टिमलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा चलचित्रका कार्यकारी निर्माता चक्र बहादुर चन्द, कमेडी च्याम्पियन हिमेश पंत नव नायक मनिष राउत कलकार प्रेम पुरीले आफ्नो बिचार समेत राखेका थिए । कार्यक्रममा बालगाएक सुप्रिम मल्ल ठकुरीले प्रेमगीत ३ को गीत गाएका थिए । कार्यक्रमलाई रमा महराले संचालन गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

खबर एक्सप्रेस