आज:  | Fri, 29, Mar, 2024

प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार

२०७९, ११ आश्विन मंगलवार २२:३१ मा प्रकाशित ( १ साल अघि) ४३४१ पाठक संख्या

काठमाडौं, असोज ११ गते । सत्ता गठबन्धनको मंगलबार बसेको कार्यदलको बैठकले प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरेको छ । पाँच दलीय गठबन्धनको कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा सोमबार र मंगलबार बसेको बैठकले प्रदेशसभातर्फको प्रस्ताव तयार गरेको छ । हिजो र आज बसेको बैठकले प्रदेशसभाको करिब ७५, ८० प्रतिशतमा सहमति नजिक रहेको जनाईएको छ ।प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिट बाँडफाँटको प्रस्ताव शीर्षस्थ नेतृत्वमा बुझाइसकेको छ । कार्यदलको बालुवाटार बैठकमा संयोजक सिटौलासहित सदस्यहरू नेकपा ९माओवादी केन्द्र० का महासचिव देव गुरुङ, नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल सहभागी हुनुहुन्थ्यो । यसैगरी, नेकपा ९एकीकृत समाजवादी० का महासचिव वेदुराम भुषाल, प्रमेश हमाल, जनता समाजवादी पार्टीका नेता मनिष सुमन  र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरू सहभागी भएका थिए । निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको कार्यतालिका तय गरेको छ ।

खबर एक्सप्रेस