आज:  | Sat, 10, Dec, 2022

अन्तिम संस्कारको टिम मुस्ताङबाट फर्कियो

२०७९, १५ आश्विन शनिबार २१:३१ मा प्रकाशित ( २ महिना अघि) ३७२१ पाठक संख्या

प्रदिप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ को टिम हिमाली जिल्ला मुस्ताङको छायांकन सकेर फर्किएको छ । चालीस प्रतिशत छायाङ्कन पुरा गरेर बाँकी छायाङ्कन दसैंपछि गर्ने गरेर फिल्म युनिट काठमाडौं फर्किएको हो ।
शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको सांस्कृतिक तथा सामाजिक कथा वस्तुमा बन्न लागेको फिल्म युनिट एक महिना अगाडि मुस्ताङ पुगेको थियो ।
मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा फिल्मको छायांकन भएको निर्माता विनोद सुवेदी खत्री ९टाटेमित० ले जानकारी दिए । डेढ करोड लागत निर्माण खर्च अनुमान गरिएको फिल्ममा विजय लामा, दीया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, शारदा गिरी, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्री लगायतको रहनेछ । फिल्मका छायांकार बाबु श्रेष्ठ हुन् ।

खबर एक्सप्रेस