आज:  | Wed, 24, Apr, 2024

प्रेमगीत३ अभिनेता मनिषले बाल सेवा घरमा मनाए जन्मदिन

२०७९, २१ आश्विन शुक्रबार २२:५५ मा प्रकाशित ( १ साल अघि) १२५२५ पाठक संख्या

प्रेमगीत३ का अभिनेता मनिष राउतले आफ्नो जन्मदिन भक्तपुरको मानव कल्याण समाज बाल सेवा घरमा रहेका अनाथ बालबालिकाहरुसँग मनाएका छन् । उनी प्रेमगीत३ को प्रर्दशनसँगै चर्चाको शिखरमा पुगेका छन् ।
ओस्कार कलेजबाट फिल्म निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा समेत काम गरिरकेका छन् । सो कार्यक्रममा प्रेमगीत३ का अन्य कलाकार सहितको टिमको सहभागीता समेत रहेको थियो । सोही अवसरमा मनिष राउतले बाल सेवा घरलाई आर्थिक सहयोग समेत गरेका थिए । आफ्ना आमाबुबा सहित सहभागी भएका मनिषले केहीबेर बालबालिकासँग अन्र्तरक्रिया समेत गरेका थिए ।

 

 

 

 

 

खबर एक्सप्रेस