आज:  | Fri, 29, Mar, 2024

मिनाक्षी दासलाई काठमाडौंमा स्वागत

२०७९, २२ आश्विन शनिबार २२:३१ मा प्रकाशित ( १ साल अघि) २४२७४ पाठक संख्या

काठमाडौं । महिला सशक्तीकरण  अभियान र नेपाल भारत मित्रताको लक्ष्य बोकी भारतको आसामदेखि नेपालको मुस्ताङ स्थित लोमाङथानसम्मको मोटरसाइकल यात्रामा रहेकी मिनाक्षी दासलाई आज काठमाडौंमा संसारको उत्कृष्ट स्वयंसेवी महाअभियान बाग्मती सफाई अभियानमा स्वागत गरिएको छ । भने वहाँले करिब एकघण्टा सो अभियानमा सहभागी भई अभियानबारे जानकारी लिनुभएको थियो । भने यो महाअभियानबाट आफू निकै प्रभावित भएको बताउनु भयो ।
अभियानमा स्वागत गर्दै नेपाल सरकारका पूर्व मुख्य सचिब एवं मुख्य अभियन्ता लिलामणी पौडयाल र अभियन्ता डा. माला खरेलले रुद्राक्षको लगाएर स्वागत गर्नुभएको थियो ।
भारतको गुवाहाटीबाट महिला सशक्तीकरण तथा अन्बेशण यात्रामा निस्कनु भएकी साहसी महिलालाई अभियन्ता डा.लक्ष्मी पौडयालले महिला सशक्तीकरणको अभियानले आफू निकै प्रभाबित भएको बताउनु भएको थियो । भारतको आसामदेखि नेपालको मुस्ताङ स्थित लोमाङथानसम्म मोटरसाइकल यात्रामा निस्कनु भएकी मिनाक्षी मौसमको खराबीले सडक मार्ग अबरुद्ध भएपछि काठमाडौं आउनु भएको थियो । आजै वहाँले पाटन दरवार भक्तपुर दरवारका साथै पशुपतीनाथमा हुने सन्ध्याकालिन आरतीमा समेत सहभागी हुनुभएको थियो । वहाँको भ्रमणको सहजीकरण सामाजिक अभियन्ता एवं चलचित्र प्रेमगीत३ का कार्यकारी निर्माता चक्र बहादुर चन्दले गर्नुभएको थियो ।

 

 

 

 

खबर एक्सप्रेस