राप्रपाका निर्बाचित महामन्त्री कुन्ती कुमारी शाही दैलेख क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।
दैलेखबाट पहिलो पटक प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागी आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो। कार्यकर्ता सहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो । दैलेखमा नेता शाहीलाई संभावना बोकेको नेताको रुपमा आम मानिसले लिने गर्दछन् । छोटो दुई कार्यकालमा राज्यमन्त्री रही सकेकी शाही आफ्नो छोटो कार्यकालमा बिभिन्न बिकास निर्माणका काम गर्न सफल हुनुभएको थियो ।
कुन्ती कुमारी शाही दैलेखबाट राष्ट्रिय राजनीतिमा राम्रो छवि बनाउन सक्नु भएको नेतामा पर्नुहुन्छ । ठुला राजनीतिक दल कांग्रेस, एमालेबाट कुनै पनि नेताले अहिलेसम्म राष्ट्रिय राजनीतिमा पकड जमाउन सकेका छैनन् । त्यस्तो स्थितीमा अनेरास्ववियुमा राजनीतिक पाइला टेक्नु भएको नेता शाही २०४७ सालमा राप्रपामा लागेकी थिइन् । राप्रपा भित्र लामो र निकै संघर्ष गर्नुभएको शाही तीन दशक पछि राप्रपाको महामन्त्रीमा सानदार बिजष्ी हुनुभएको थियो । वहाँको बुबा पञ्चायती राजनीतिमा धेरै पटक जिल्लाको सभापती भएर ईमान्दारीपूर्वक जिल्लाबासीको सेवा गर्नुभएको कारण पारिवारीक पुष्ठभुमीमा राजनिती ईमान्दारीता रहेको पाईन्छ । दैलेखमा जनताको धेरै सेवा गर्ने नेतामा भक्त बहादुर शाही एक नम्बरमा पर्नुहुन्छ । त्यस्तो पुष्ठभुमीबाट भएकोले पनि वहाँ राप्रपाको राजनीतिमा समावेश भएको आँकलन छ । विद्यार्थी राजनीतिमा हुँदा नेपालगन्जको महेन्द्र बहुमखी क्याम्पसमा निकै लोकप्रियता कमाउन सफल नेता शाही राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विद्यार्थी संघको अध्यक्ष हुँदा कुन्ती शाही उपाध्यक्ष हुनुहुन्थ्यो । पछिल्लो समय अध्यक्ष राजेन्द्र लिङ्देनले नेता शाहीलाई असहयोग गर्दै आएको पार्टीपंतिमा चर्चा हुने गरेको छ । स्पष्ट बक्ता र पार्टीमा हुने स्वईच्छाचारी निर्णयको नेता शाहीले खुलेर बिरोध गर्दै आउनुभएको छ । पार्टीपंतिmमा देशब्यापी राम्रो छबी बनाउनु भएको शाही अन्तर पार्टीमा पनि निकै लोकप्रियता कायम गर्नुभएको छ ।