आज:  | Fri, 29, Mar, 2024

८८ हजार ३१ जनाले कोरोनाविरुद्ध खोप लगाए

२०७९, २६ आश्विन बुधबार २१:४१ मा प्रकाशित ( १ साल अघि) ४४६५ पाठक संख्या

काठमाडौं, असोज २५ गते । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ७२३ कोरोना परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । ७४३ पीसीआर परीक्षण गर्दा ४५ जना र ९८० एन्टीजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा २२ जना सङ्क्रमण मुक्त भएका छन् । हाल नेपालमा ५९८ जना सक्रिय सङ्क्रमित छन् ।

खोप पछिल्लो २४ घण्टामा ८८ हजार ३१ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

खबर एक्सप्रेस