आज:  | Sat, 10, Dec, 2022

२२ हजार २२७ वटा मतदान केन्द्रहरु निर्धारण

२०७९, ३१ आश्विन सोमबार १९:२७ मा प्रकाशित ( १ महिना अघि) २२९५ पाठक संख्या

काठमाडौं, असोज ३१ गते । निर्वाचन अयोगले देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्रहरु निर्धारण गरेको छ । देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र छन् । पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत नै प्रदेशसभातर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, बाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन् ।

खबर एक्सप्रेस