काठमाडौं । नेपालमा छायांकन गरिएको बलिउडको फिल्म ‘उचाइ’को ट्रेलर आज सार्वजनिक गरिएको छ । सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्ममा समेटिएको छ ।
सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ । अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा स्टारर फिल्ममा मित्रताको कथालाई बुनेको छ ।
भारतको मुम्बईदेखि नेपालको सगरमाथासम्मको यात्राको कथा यस फिल्ममा समेटिएको छ । केही हप्ता अघि नेपालको बहुचर्चित फिल्म प्रेमगीत ३ भारतका बिभिन्न शहरमा रिलिजमा आएको थियो । सो फिल्म पनि हिमाली कथा र दृष्यलाई समेटिएको कारण निकै चर्चामा रहेको थियो । भने यी दुई फिल्मका कारण भारतीय लाखौं पर्यटक नेपाल भित्रिने संभावना समेत रहेको छ । उचाई ११ नोभेम्बर २०२२ अर्थात कात्तिक २५ गते रिलिज हुँदैछ ।