आज:  | Mon, 25, Mar, 2024

प्रतिनिधि सभा सदस्य उम्मेदवार सुबोध चन्द्र साह माथी हातपात

२०७९, २२ कार्तिक मंगलवार १४:४१ मा प्रकाशित ( १ साल अघि) ८५८८ पाठक संख्या


रौतहट क्षेत्र न.१ को प्रतिनिधी सभा सदस्य उम्मेदवार सुबोध चन्द्र साह माथी प्रहरी सहायक निरीक्षक डिके सोनु द्वारा हातपात भएको छ आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा रहेका शाह माथी गौर बसपार्कमा हातपात भएको हो ।

शिविल पोसाकमा रहेका सोनुले निर्वाचन आयोगको आचारसंहितामा रहेर शान्तिपुर्ण रुपमा घरदैलो कार्यक्रम गरिरहेका उम्मेदवार शाहमाथि हातपात गरेका हुन ।
नेपाली जनता दल बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शाहले आफ्नो चुनाब चिन्ह चक्का छापमा आफ्नो क्षेत्रका जनतालाई आफ्नो अमुल्य भोट दिन आग्रह गर्दै घरदैलो कार्यक्रम तिब्र पारेका छन भने उनले आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि सधै डटेर लागि पर्ने पनि बताएका छन।

खबर एक्सप्रेस